काठमाडौं। डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको छ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियल इटालियन क्लब एसी मिलानसँग ३-१ ले पराजित भएको हो।
मिलानको भने यो दोस्रो जित हो। जितसँगै १८औं स्थानमा उक्लिएको मिलानले चार खेलमा ६ अंक पुर्याएको छ। समान खेल खेलेको रियल समान अंकसहित १७औं स्थानमा छ।
खेलको १२औं मिनेटमै मलिक थियाको गोलमार्फत मिलानले सुरुआती अग्रता लिएको थियो। उनले क्रिश्चियन पुलिसिकको क्रसमा गोल गरे। तर, २३औं मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै रियललाई खेलमा फर्काए।
३९औं मिनेटमा राफेल लियोको क्रसमा अल्भारो मोराटाले गोल गरेसँगै मिलानले खेलमा दोस्रोपल्ट अग्रता लिएको थियो। त्यो अग्रता मिलानले कायम मात्रै राखेको अझ लम्ब्याउन सफल भयो। ७३औं मिनेटमा लियोकै क्रसमा तिजानी रेइन्डर्सले अर्को गोल थपे।
८१औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गरेपनि भिएआरले मान्यता दिएर र रियल दोस्रो हार बेहोर्न बाध्य भयो।