काठमाडौं। एक वर्षपछि मैदान फर्किएका फरवार्ड नेयमार पुन: चोटग्रस्त भएका छन्।
एएफसी च्याम्पियन्स लिग एलिटमा साउदी क्लब अल हिलालले इरानको एस्टेघलाललाई ३–० ले पराजित गरेको खेलमा उनी घाइते भएका हुन्। ब्राजिलियन खेलाडी हालै मात्र च्यातिएको एसिएलबाट निको भएर मैदान फर्किएका थिए। तर, दुई खेलपछि नै उनी फेरि घाइते भएका हुन्।
उनी ५८ मिनेटपछि बेन्चबाट सुरुआत गरेका थिए। यद्यपि, ३२ वर्षीय फरवार्डले तीन मिनेट बाँकी छँदा पेनाल्टी एरियामा बल अगाडि बढाइरहेको बेला गाह्रो भएको महसुस गरेका थिए। त्यसपछि उनी बाहिर निस्कनुपरेको थियो।
नेयमारलाई अर्को खेलअघि निको हुने समय छ। यद्यपि, उनी साउदी प्रो–लिगमा भने दर्ता भएका छैनन् र एएफसी प्रतियोगिताको अर्को खेल नोभेम्बर २५ मा हुनेछ। अलेक्जेन्डर मित्रोभिचले चार पटकको एसियन च्याम्पियन हिलालका लागि ह्याट्रिक गर्दै जित दिलाएका थिए। हिलाले समूहचरणका सबै चार खेल जितेको छ।
सर्बियाली खेलाडीले गरेका तीनवटै गोल नजिकैबाट भएका थिए। उनले १५ मिनेटपछि गोलको खाता खोलेका थिए। आधा घण्टापछि अर्को गोल थपे र खेल सकिन १६ मिनेट बाँकी रहँदा ह्याट्रिक पूरा गरे। हिलाल १२ टोलीको समूहको शीर्ष स्थानमा छन्, जहाँ शीर्ष आठ टोली अन्तिम १६ मा प्रवेश गर्नेछन्।