काठमाडौं। नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर करण केसी र ब्याट्सम्यान भीम सार्कीले आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलाअन्तर्गत स्कटल्यान्डविरुद्धको खेल गुमाउने भएका छन्।
डालसस्थित ग्राण्ड पियरे क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ। अमेरिका भ्रमणमा नेपालको यो अन्तिम खेल हो। तर, करण र भीमलाई चोट लागेको कारण यो खेल गुमाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो।
उनीहरूको स्थानमा ब्याट्सम्यान देव खनाल र स्पिनर सागर ढकाललाई टोलीमा समेटिएको छ। देव ट्राभलिङ रिर्जभमा थिए।