काठमाडौं। भारत र बंगालका विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साहाले यस वर्षको रणजी ट्रफीपछि सन्न्यास लिने भएका छन्। भारतका लागि ४० टेस्ट खेलिसकेका साहाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।
साहा अहिले बेंगलुरुमा छन् र रणजी ट्रफीको चौथो राउण्डमा कर्नाटकविरुद्धको खेलको तयारी गरिरहेका छन्। सन्न्यास लिएपछि उनले कोचिङमा सम्भावनाहरू खोज्न सक्छन्।
सन् २०१४ मा महेन्द्रसिंह धोनीले सन्न्यास लिएपछि साहा भारतको नियमित टेस्ट विकेटकीपर बनेका थिए। अन्तिम पटक डिसेम्बर २०२१ मा उनले भारतका लागि टेस्ट खेल खेले। तर, ऋषभ पन्तको उदयपछि भारतीय टोली उनीलाई छाड्दै अगाडि बढेको थियो।