काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) संगको एकदिवसीय र टी- ट्वान्टी सिरिजका लागि युएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ ।
युएईतर्फ प्रस्थान गर्ने १६ सदसीय खेलाडीसहितको नेपाली टोलीलाई मंगलबार विदाई गरिएको हो ।
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशव कुमार बिष्ट लगायतले विदाई गरे । विदाई कार्यक्रममा बोल्दै सदस्यसचिव केशव कुमार विष्टले चुनौती, अभाव र अन्योलताकाबीच नेपाली क्रिकेटले पाएको सफलताबाट ठुलो आशा गरिएको बताए ।
नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ । नेपालले युएईसंग पहिले एकदिवसीय सिरिज खेल्नेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टी-ट्वान्टी सिरिज खेल्नेछ । सिरिज दुबईमा हुनेछ ।
युएईविरुद्धको सिरिज नेपालको लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसंग पहिलो एकदिवसीय सिरिज खेलेको थियो । जुन सिरिज १ - १ को बराबरी भएको थियो ।
नेपालले जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो ।
नेपाली टोली :
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
अविनाश बोहरा
बसन्त रेग्मी
भिम सार्की
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
सोमपाल कामी
सन्दीप जोरा
वैकल्पिक खेलाडी :
सुशन भारी
ललित भण्डारी
बिक्रम सोब