काठमाडौं। राष्ट्रिय महिला टोलीका डिफेन्डर हिराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीले अस्पतालमै भाइ टिका मनाएका छन्। उनीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई आइतबार अस्पतालमै भाइ टिका लगाइदिएका हुन्।
नेपाली टोलीका यी दुई महत्त्वपूर्ण खेलाडी साफ महिला च्याम्पियनसिप २०२४ भुटानविरुद्धको पहिलो खेलमै चोट लागेपछि प्रतियोगिता गुमाएका थिए। दुवैलाई एसिएल इन्ज्युरी भएको पाइयो र दुवैको शल्यक्रियापछि बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ।
यसपाली पनि साफ च्याम्पियनसिपमा नेपाली टिमलाई फाइनलमा २–१ ले पराजित गर्दै बंगलादेशले उपाधि रक्षा गर्यो। साफ महिलाको सातमध्ये ६ संस्करणमा नेपाल उपविजेतामा सीमित भएको हो। एकपल्ट सेमिफाइनलबाट बाहिरिएको थियो। र, पहिलो उपाधिको खोजीमा रहेको नेपाल १२औंपल्ट उपविजेतामै रोकिएको हो।