काठमाडौं। युएईसँग पराजित हुँदै नेपाल हङकङ सिक्स क्रिकेटको प्लेट सेमिफाइनलबाटै बाहिरिएको छ।
आइतबार भएको खेलमा नेपाल पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको युएईले चार बल बाँकी छदै एक विकेट गुमाएर ९६ रन बनायो।
कप क्वार्टरफाइनलबाट बाहिरिने टोलीलाई प्लेट सेमिफाइनल खेल्ने अवसर दिइएको थियो। त्यसमा पनि नेपाल पराजित हुन पुगेको हो।
शनिबार कप सेमिफाइनल प्रवेशका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो। युएई भने बंगलादेशसँग डिएलएस मेथर्डमा १८ रनले पराजित हुँदै क्वार्टरफाइनलबाट बाहिरिएको थियो।
अमेरिकाका कप्तान आसिफ खानले सर्वाधिक ५५ रन बनाए। १५ बल खेलेका उनले तीन चौका र सात छक्का प्रहार गर्दै उनी रिटायर्ड हर्ट भए।
खालिद साह १५ रनमा आउट हँदा अंश टान्डन २३ र सञ्चित शर्मा १ रनमा अविजित रहे। नेपालका राशिद खानले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ६ ओभरमा तीन विकेट गुमाउँदै ९४ रन बनाएको थियो। विवेक अर्धशतक बनाउन एक रनले चुके। १६ बल खेलेका उनले तीन चौका र पाँच छक्कासहित ४९ रन बनाए। उनी अविजित रहे।
लोकेश बम १९ र कप्तान सन्दीप जोरा सात रनमा आउट हुँदा राशिदले खाता खोल्न सकेनन्। प्रतिश जिसी भने १४ रनमा अविजित रहे। युएईका अकिफ राजाले सर्वाधिक दुई विकेट लिए। सञ्चितको नाममा एक विकेट रह्यो।