एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली 'आईसीसी वर्ष खेलाडी' घोषित भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा कोहली वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् ।
कोहली वर्षको उत्कृष्ट खेलाडी बन्दै सर ग्यारफिल्ड सोबर्स ट्रफी आईसीसी पुरुष क्रिकेटर अफ दि इयर घोषित भए । यस्तै कोहलीले २ फर्म्याटको क्रिकेटमा पनि वर्ष खेलाडीको उपाधि चुमेका छन् ।
कोहली आईसीसी टेष्ट क्रिकेटर अफ दि इयर र आईसीसी वन डे क्रिकेटर अफ दि इयर घोषित भएका छन् । भारतलाई यसै वर्ष ७२ वर्षपछि अष्ट्रेलियाविरुद्ध टेष्ट सिरिज जिताउन सफल कोहली पहिलो पटक टेष्ट क्रिकेटर अफ दि इयर घोषित भएका हुन् ।
योसंगै कोहलीले एकै पटक तीन विधामा वर्ष खेलाडी चुनिदै इतिहास बनाएका छन् ।
यस्तै न्युजिल्याण्डका केन विलियमसनले आईसीसी स्प्रिट अफ क्रिकेट अवार्ड प्राप्त गरेका छन् ।
यस्तै अष्ट्रेलियाका आरोन फिन्चले आईसीसी टी-ट्वान्टी पर्फमर अफ दि इयर, भारतका रिशब पन्तले आईसीसी इमर्जिङ प्लेयर अफ दि इयर, एसोसियट क्रिकेटर अफ दि इयर स्कटल्याण्डका कलुम म्याकलेओड र एम्पायर अफ दि इयर श्रीलंकाका कुमार धर्मसेना घोषित भए ।