काठमाडौं। कप्तान सन्दीप जोराको अर्धशतकसँगै नेपालले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको छ।
मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ६ ओभरमा दुई विकेट गुमाउँददै १११ रन बनाएको हो।
नेपालका कप्तान सन्दीप जोराले अर्धशतक बनाए। १६ बल खेलेका उनले पाँच चौका र चार छक्का प्रहार गरे। जारी प्रतियोगिता उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले इङ्ल्यान्डविरुद्ध पनि अर्धशतक प्रहार गरेका थिए। दुवैपल्ट उनी अविजित रहँदै रिटायर्ड हर्ट भए।
यस्तै, लोकेश बमले १३ बलमा तीन चौका र तीन छक्कासहित ३३ रन बनाए।
विवेक यादव १२ रनमा आउट हुँदा राशिद खान १२ रनमा अविजित रहे। उनले दुई बलमा दुई छक्का प्रहार गर्दै नेपालको स्कोर १११ रनमा पुर्याएका हुन्।
नेपालको दुवै विकेट ज्याक उडले लिएका हुन्।