काठमाडौं। हङकङ सिक्स क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डविरुद्ध सानदार जित दिलाउन अर्धशतक प्रहार गरेका कप्तान सन्दीप जोरा ‘प्लेयर अफ द म्याच’ घोषित भएका छन्।
इङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई ९९ रन बनाएको थियो। योसँगै नेपाल ६ विकेटले विजयी भयो।
त्यसक्रममा सन्दीपले १२ बलमै अर्धशतक प्रहार गरेका थिए। नियमअनुसार अविजित रहँदै रिटायर्ड हर्ट भएका उनले तीन चौका र ६ छक्का प्रहार गरे।
उनी रिटायर्ड हर्ट भएपछि आएका राशिद खानले २१ र लोकेश बमले २० रनको योगदान दिएपछि नेपालले विजयी सुरुआत गरेको थियो। उनीहरू दुवै अविजित रहे।