काठमाडौं। रवि बोपराको आक्रमक ब्याटिङसँगै इङ्ल्यान्डले हङकङ सिक्स क्रिकेट प्रतियोगितामा नेपाललाई ९८ रनको विशाल लक्ष्य दिएको छ।
मिसन रोड ग्राउन्ड हङकङमा टस हारेर पहिला ब्याटिङ थालेको इङ्ल्यान्डले ५.५ ओभरमा सबै विकेट गुमाउँददै ९७ रन बनाएको हो।
रवि बोपराले सर्वाधिक ४९ रन बनाए। १२ बल खेलेका उनले सात छक्का र एक चौका प्रहार गरे। समित पटेल ३९ रनमा आउट हुँदा इङ्ल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका प्रतिश जिसी र विवेक यादवले समान दुई विकेट लिए। नारायण जोशी र लोकेश बमको नाममा समान एक विकेट रह्यो।