काठमाडौं। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाली महिला टोली छाडेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफ च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै उनले टोली छाडेकाे घाेषणा गरेका हुन्।
गत फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा उनले नेपाललाई फाइनल पुर्याएका थिए। त्यतिखेर जोर्डनसँग पराजित भएको नेपालले उनको प्रशिक्षणमा साफ पनि हारेको हो।
‘मैले आजैबाट महिला टोली छाडेको छु। अब म महिला टोलीमा हेर्दिन। अब म क्लबतिर जान्छु,’ उनले भने।