काठमाडौं। क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट बराबरी गोल गर्ने अन्तिम मौका गुमाएपछि अल नासर किङ्स कपबाट बाहिरिएको छ।
मंगलबार साँझ भएको अन्तिम १६ को खेलमा अल तावोनसँग नासर १–० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो।
९६औं मिनेटमा रोनाल्डोलाई पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याउने अवसर प्राप्त भएको थियो। तर, ३९ वर्षीय पोर्चुगिज सुपरस्टारले प्रहार गरेको बल बारमाथि बाहिरिएको थियो।
खेलको ७१ औं मिनेटमा डिफेन्डर वालिद अल अहमदको कर्नरमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध बनाएका थिए। अल तावोनले अग्रता दोब्बर बनाउने लक्ष्य लिए पनि अहमदले अल नासरका मोहमद मारनलाई डिबक्सभित्र लडाएपछि रोनाल्डोले पेनाल्टीको सुनौलो अवसर पाएका थिए।