काठमाडौं। इटालीको सिरी 'ए' मा पुनरागमन गरेका मारियो बालोटेलीले रेलिगेसनको खतरामा रहेको जेनोआसँग सम्झौता गरेका छन्।
३४ वर्षीय बालोटेलीले पछिल्लो पटक सन् २०१९–२० मा गृहनगर क्लब ब्रेसियाबाट इटालीको शीर्ष डिभिजनमा खेलेका थिए। कुनै पनि इटालियन क्लबको लागि उनको अन्तिम उपस्थिति २०२०–२१ मा सिरी बी मा मोन्जासँग थियो।
बालोटेलीले गत सिजनपछि टर्कीको क्लब अदाना डेमिरस्पोर्ट छोडेका थिए। इटालीका पूर्व स्ट्राइकरले बिहीबार फियोरेन्टिनाविरुद्ध जेनोआमा डेब्यु गर्न सक्नेछन्।
बालोटेलीले इटालियन सिरी 'ए' मा इन्टर मिलान र एसी मिलानबाट पनि खेलिसकेका छन्।