काठमाडौं। नेपालले आइसिसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक शृंखलामा मंगलाबार साबिक विजेता स्कटल्यान्डको सामना गर्दैछ।
खेल अमेरिकाको डालसस्थित ग्रान्ड पियरे क्रिकेट मैदानमा ९:१५ मा सुरु हुनेछ। लिग २ मा ९ खेल खेलेको नेपालले एक जित मात्रै हात पारेको छ।
यसअघि अमेरिकासँग भएको पहिलो खेलमा पनि नेपाल ३ विकेटले पराजपत भएको थियो। त्यसैले जारी शृंखलामा नेपाल पहिलो जित निकाल्ने लक्ष्यमा छ।
यता, स्कटल्यान्ड लगातार दोस्रो जितको लक्ष्यमा छ। पहिलो खेलमा स्कटल्यान्डले अमेरिकाविरुद्ध १० विकेटले पराजित गरेको थियो।