पाँचथर। पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ पाैवामा जारी स्व राजभक्त नेम्वाङ स्मृति खुल्ला पुरुष फुटबलमा क्वाटरफाइनलकाे तीन खेल सम्पन्न भएको छ ।
पहिलो क्वाटर फाइनल खेलमा नागबेली एफसीलाई २-० ले हराउँदै लुङमाहिम एफसीले सेमिफाइनलमा स्थान बनाएको छ । दोस्रो क्वाटरफाइनल खेलमा टु स्टार एफसीले गुम्बाडाँडा एफसीलाई टाइब्रेकरमा पराजित गरेको छ ।
निर्धारित समयमा गोलरहित बराबरी भएपछि टाइब्रेकरमा टु स्टारले ५-४ गोल अन्तरले जित निकालेको हो । तेस्रो क्वाटरफाइनल खेलमा मुलुहाङ एफसीले फाइभ स्टार एफसीलाई सडनडेथमा पराजित गरेको छ ।
निर्धारित समयमा दुवै टिमले १-१ गोल बराबरी गरेका थिए । टाइब्रेकर प्रहारमा मुलुहाङ ५-४ गोल अन्तरले विजयी बन्यो । अन्तिम क्वाटर फाइनल सुनाखरी र डिएफसी बिचको खेल समय अभावका कारण सम्पन्न हुन सकेन ।
पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफ सोमबार बिहान १० बजे गरिने निर्णय भएको छ । इलाम र पाँचथरका १६ टिम सहभागी प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलरक्षकलाई ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता खेल संयोजक उपेन्द्र नेम्वाङले जानकारी दिए ।
सुनाखरी युथ क्लबले सञ्चालन गरेको प्रतियोगिता कार्तिक १४ गते सम्पन्न हुने छ ।