काठमाडौं। समर्थकले संयमता गुमाउँदा उग्र रुप देखाउँदा साफ महिला च्याम्पियनसिपअन्तर्गत भारत र नेपालबीचको खेल करिब १५ मिनेट रोकिएको छ।
खेलको ५२ मिनेट चलिरहँदा स्ट्राइकर रेखा पौडेलले दोहोरो पहेंलो कार्ड पाएपछि नेपाल समर्थकले संयमता गुमाएका हुन्। नेपाल १० खेलाडीमा समेटिएपछि नेपाल समर्थकले रेफ्रीविरुद्व नारा लगाउँदै मैदानमा बोतल फ्यालेका थिए।
रेफ्रीले आफूलाई असुरक्षित महसुस गरेपछि खेल रोकेका हुन्।सुरक्षा व्यवस्था बढाउँदै खेल पुन: सुरू गरिएको छ।