काठमाडौं। नेपालले साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत भारतविरुद्धको सेमिफाइनलमा एक परिवर्तन गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल ६:३० बजेबाट सुरु हुँदैछ। नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले मिडफिल्डर सरु लिम्बूलाई आराम दिएका छन्।
डिफेन्स लाइन बलियो बनाउन उनले पूजा रानालाई सुरुआती ११ मा उतार्नेछन्। घुँडाको समस्या देखिएपछि पूजाले श्रीलंकाविरुद्धको खेल गुमाएकी थिइन्। लेफ्ट ब्याक हीराकुमारी भुजेल पहिलो खेलमै घाइते भएको हुँदा उनको स्थान रिकभर गर्न राजेन्द्रले पूजालाई सुरुआती ११ मा स्थान दिएका हुन्।