काठमाडौं। नेपाल एफसी यु–१७ एसियन कप छनोटको दोस्रो खेलमा पनि पराजित भएको छ।
कतारको दोहास्थित एस्पायर एकेडेमीमा शुक्रबार राति भएको समूह चरणको दोस्रो खेलमा घरेलु टोलीसँग नेपाल ५–० लेपराजित भएको हो। योसँगै नेपाल एक खेलअअगाबै अर्को वर्ष साउदी अरबमा हुने एफसी यु–१७ एसियन कपमा छनोट हुन असफल भएको छ।
नेपालले अन्तिम खेल आइतबार मंगोलियासँग खेल्ने छ। समूह ‘एफ’मा रहेको नेपाल पहिलो खेलमा साबिक विजेता जापानसँग नेपाल ९–२ ले पराजित भएको थियो। कतारको यो लगातार दोस्रो जित हो। बुधबार मंगोलियामाथि कतारले २–० को जित हात पारेको थियो।
हरेक समूहको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष साउदी अरबमा हुने प्रतियोगितामा सिधैं स्थान बनाउने छन्। समूहको उपविजेताको पनि सम्भावना कायम रहने छ।