सिन्धुपाल्चोक। सुनकोशी ‘बी’ र धार्पा युवा क्लब चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।
मेलचौर युवा जागरण समाजद्वारा आयोजित प्रतियोगिताअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा जित हासिल गर्दै सुनकोशीले राई एफसी र धार्पाले चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टी सुटकाउटमा हराउँदै उपाधि भेट पक्का गरेका हुन्।
पहिलो सेमिफाइनलमा सुनकोशीले राई एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान बनायो।
निर्धारित ५० मिनेटको खेलमा दुवै टोलीबाट कुनै पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको थियो।
यस खेलमा दुई पेनाल्टी बचाएका सुनकोशीका गोलकिपर म्यान अफ द म्याच घोषित हुँदै नगद एक हजार र ट्रफी हात पारे।
यस्तै, दोस्रो सेमिफाइनलमा चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टी सुटआउटमा ३–४ ले हराउँदै धार्पा एफसीले सुनकोशीसँगको भेट पक्का ग¥यो।
निर्धारित ५० मिनेटको खेलमा दुवै टोलीबाट कुनै पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको हो। यस खेलमा दुई पेनाल्टी बचाएका धार्पाका गोलकिपर सुनिल गोले खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद एक हजार र ट्रफी हात पारे।
फाइनल खेल शनिबार हुनेछ। उक्त फाइनलको विजेताले नगद एक लाख ५५ हजार ५५५ पाउने छ भने उपविजेताले ७७ हजार ७७७ मा चित्त बुझाउने छ।