काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज लुम्बिनी लायन्सले ‘ट्यालेन्ट हन्ट’ गर्ने भएको छ।
‘ट्यालेन्ट हन्ट’ बाट चार खेलाडीलाई छनोट गरिनेछ। छनोट भएका चारमध्य एक जनाले ‘सुपरस्टार’ को उपाधि प्राप्त गर्नेछ। उक्त खेलाडीलाई लुम्बिनीको टोलीमा समावेश गरिनेछ।
‘सुपरस्टार’ घोषित हुने खेलाडीले एक लाख रुपैयाँ पनि प्राप्त गर्नेछन्। यसैगरी बाँकी तीन खेलाडीलाई लुम्बिनीको विशेष प्रशिक्षणमा सहभागी गराइने छ।
‘ट्यालेन्ट हन्ट’ मा सहभागिता जनाउनका लागि कार्तिक १८ गतेसम्म नामा दर्ता गराउनु पर्नेछ। क्लबले कार्तिक २० गते ‘ट्यान्ट हन्ट’ मा सहभागिता जनाउन पाउने खेलाडीको सूची सार्वजनिक गर्नेछ।
फर्च्युना हेल्थ केयरको स्वामित्वमा रहेको लुम्बिनीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी छन्। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ।