काठमाडौं। सन्दीप जोराको कप्तानीमा नेपालले हङकङ क्रिकेट सिक्स खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार टोलीको घोषणा गर्दै उक्त जानकारी दिएको हो। क्रिकेट हङकङ, चीनको आयोजनामा हुने प्रतियोगिता १ देखि नोभेम्बर ३, २०२४ सम्म चल्ने छ। टोलीको प्रशिक्षकको जिम्मेवारी भने ज्ञानेन्द्र मल्लले पाएका छन्।
टोलीमा सन्दीपसँगै लोकेश बम,नारायण जोशी, विवेक यादव, प्रतिश जि.सी, दिपेन्द्र रावत र राशिद खान छन्। नेपालले पहिलो खेल नोभेम्बर १ मा इङ्ल्यान्डसँग खेल्नेछ। यस्तै, दोस्रो खेल अस्ट्रेलियासँग खेल्नेछ।