काठमाडौं। न्युजिल्यान्डका ब्याट्सम्यान केन विलियम्सन चोटका कारण भारतविरुद्धको दोस्रो टेस्टका लागि उपलब्ध नहुने भएका छन्।
विलियम्सनलाई गत महिना श्रीलंका भ्रमणका क्रममा चोट लागेको थियो । बैग्लोर टेस्टमा उनको स्थानमा विल योङले ३३ र नटआउट इनिङ्स खेलेका थिए।
न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले भने, 'हामी केनको चोटलाई नियालिरहेका छौं । उनी सही दिशामा अघि बढिरहेका छन्, तर अझै पनि पूर्ण रूपमा फिट छैनन्। हामीले आशा गरेका छौं कि उनी तेस्रो म्याचसम्मपूर्ण रुपमा फिट हुनेछन् ।'
न्युजिल्यान्डले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।