काठमाडौं। नेपालले साफ महिला च्याम्पियन २०२४ को समूह चरणको दोस्रो खेलमा माल्दिभ्सविरुद्ध अग्रता लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंशालामा जारी खेलमा नेपालले पहिलो हाफमा ४–० को अग्रता लिएको हो। नेपालका लागि रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, प्रीति राई र सविता रानामगरले समान एक गोल गरिन्।
खेलको छैटौं मिनेटमै नेपालले सुरुआती अग्रता लिएको थियो। सविताको क्विक कर्नरमा प्रीतिले पेनाल्टी बक्सबाहिरबाट प्रीतिले प्रहार गरेको बल सीधै गोलमा परिणत भएको थियो। २९औं मिनेटमा नेपालले अग्रता दोब्बर बनायो।
माल्दिभ्सकी डिफेन्डरबाट बल खोस्दै सुरु लिम्बूले दिएको बललाई सविताले बक्सबाहिरबाट दोस्रो बारमा गोल गरेकी थिइन्। ३२औं मिनेटमा रेखाले नेपालको अग्रता ३–० मा पुर्यायो। रश्मिकुमार घिसिङले सिक्स यार्डनजिकबाट दिएको बललाई रेखाले हुलमुलमा जाली चुमाएकी थिइन्।
४२औं मिनेटमा रेखाले नै व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरिन्। सविताले दिएको क्रसमा उनले गोल गर्दै नेपाललाई पहिलो हाफमै फराकिलो अग्रता दिलाइन्।