काठमाडौं। अखिल नेपाल फुटबल (एन्फा)ले सिनियर पुरुष राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको छ।
एन्फा कम्प्लेक्समा सोमबार एन्फा महासचिव किरण राईले न्यौपानेलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।
त्यस्तै, सहायक प्रशिक्षकमा चेतन घिमिरे र गोलकिपिङ प्रशिक्षकमा नवीन महर्जनलाई नियुक्त गरिएको छ। उनीहरूलाई सोमबार महासचिव राईबाट नियुक्तिपत्र समेत प्राप्त भएको थियो ।
प्रशिक्षक टोलीले नोभेम्बरमा ताजिकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीको रेखदेख गर्नेछ र उक्त खेलका लागि टोली ताजिकिस्तान जाने छ ।