काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार माघ २५ गतेबाट सुरु हुने लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
एन्फाले सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा झम्सिखेल युवा क्लब र ब्वाइज युनियन क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । समूह 'ए' मा रहेको झम्सिखेल र ब्वाइजबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
राजधानीमा जारी पल्सर सहिद स्मारक 'ए' डिभिजन लिग सकिए लगत्तै एन्फाले 'बी' डिभिजन गर्न लागेको हो । 'बी' डिभिजन लिगका १२ क्लबहरुले प्रतिस्पर्धा गर्नेछन् । यस पटकको लिगमा घटुवा बढुवा हुने छैनन् । तर, १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
एन्फाले निकालेको समूह विभाजन अनुसार समूह 'ए' मा झम्सिखेल युवा क्लब, आरसिटी , श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब,बोइज युनियन क्लब रहेका छन् ।
समूह 'बी' टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् ।
लिग चरणको खेलपछि दुई समूहको बिजेता र उपविजेताले दोस्रो चरणमा स्थान बनाउने छन् । समूह 'ए' को विजेताले समूह 'बी' उपविजेतासंग खेल्नेछ । समूह 'बी' को विजेताले समूह 'ए' को उपविजेतासंग खेल्नेछ ।
खेल तालिका :