काठमाडौं। नेपालले सुपर ओभरमा तीन रनको लक्ष्य पाएको छ। तीन टी–२० आई शृंखलाअन्तर्गत दोस्रो खेलमाअमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनाएको थियो।
त्यसपछि खेल सुपर ओभरमा पुगेको हो। अमेरिकालाई अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएको थियो। सोमपाल कामीले आन्द्रेस गसलाई पहिलो बलमा एक रन दिए।
दोस्रो बलमा जसदीप सिंहले दुई रन लिए। तेस्रो बलमा उनले पुन: एक रन लिए। चौथो बलमा ४३ बलमा तीन चौका र चार छक्कासहित ६२ रन बनाएर खेलिरहेका गस बाउन्ड्री लाइननजिक कुशल भुर्तेलबाट क्याच आउट भए।
त्यसपछि अमेरिकालाई जितका लागि दुई बलमा तीन रन चाहिएको थियो। सोमपालले अली खानलाई पाँचौं बलमा एक रन दिए। २०औं ओभरको अन्तिम बलमा जसदीपले एक रन लिँदै खेल सुपर ओभरमा धकेले। उनी अन्तिम बलमा दुई रन लिने कोसिस गर्दा दीपेन्द्रसिंह ऐरी र विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन्।
सुपर ओभरको पहिलो र दोस्रो बलमा सोमपालले सयन जहाँगिर र आन्द्रेस गसलाई समान एक रन दिए। तर, तेस्रो बलमा सयन बोल्ड हुन पुगे। चौथो बलमा सोमपालले दीपेन्द्रबाट आरोन जोनेसलाई शून्य रनमा क्याच आउट गराए। त्यसपछि नेपालले तीन रनको लक्ष्य पाएको थियो।