काठमाडौं। नेपाल र घरेलु टोली अमेरिकाबीचको तीन टी–२० आई शृंखलाअन्तर्गत दोस्रो खेल सुपर ओभरमा पुगेको छ।
अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो। अमेरिकालाई अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएको थियो। सोमपाल कामीले आन्द्रेस गसलाई पहिलो बलमा एक रन दिए।
दोस्रो बलमा जसदीप सिंहले दुई रन लिए। तेस्रो बलमा उनले पुन: एक रन लिए। चौथो बलमा ४३ बलमा तीन चौका र चार छक्कासहित ६२ रन बनाएर खेलिरहेका गस बाउन्ड्री लाइननजिक कुशल भुर्तेलबाट क्याच आउट भए।
त्यसपछि अमेरिकालाई जितका लागि दुई बलमा तीन रन चाहिएको थियो। सोमपालले अली खानलाई पाँचौं बलमा एक रन दिए। २०औं ओभरको अन्तिम बलमा जसदीपले एक रन लिँदै खेल सुपर ओभरमा धकेले। उनी अन्तिम बलमा दुई रन लिने कोसिस गर्दा दीपेन्द्रसिंह ऐरी र विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन्।