काठमाडौं। बंगलादेशले नोभेम्बरमा माल्दिभ्ससँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। बंगलादेश फुटबल महासंघका महासचिव इमरान हुसेनका अनुसार यी दुई खेल नोभेम्बर १३ र १६ मा ढाकामा हुनेछन्।
'खेलहरु ढाकामा हुनेछन्। किङ्स एरिनामा खेल आयोजनाका लागि हामीले बसुन्धरा किङ्ससँग छलफल सुरु गरिसकेका छौं,' उनले भने।
उनका अनुसार मलेसियन र थाई एफएबाट एउटा मैत्रीपूर्ण खेलका लागि निमन्त्रणा आएको थियो। तर, माल्दिभ्सले दुई खेल खेल्न चाहेकाले आयोजना गर्ने निर्णय गरेको जानकारी दिए।