काठमाडौं। भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्टको चौथो दिनको खेल वर्षाका कारण रोकिएको छ।
बेंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा पहिलो टेस्टको चौथो दिन सरफराज खानको शतकको मद्दतमा भारतले ३४४/३ को स्कोर बनाएको छ। यस क्रममा ऋषभ पन्तले अर्धशतक पनि बनाएका छन्। भारत अझै १२ रनले पछि छ। तर वर्षाका कारण खेल रोकिएको छ।
सरफराजको टेस्ट करियरको पहिलो शतक हो। उनी १२५ रन बनाएर क्रिजमा छन् भने पन्तले ५३ रन बनाएका छन्।