काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फ्रेन्चचाइज टिम धनगढी स्टार्सलाई ग्लोबल कलेज अफ म्यानेजमेन्टले प्रायोजन गरेको छ ।
डीपीएलका लागि धनगढी स्टार्सले सोमबार ग्लोबल कलेजसंग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । सोमपाल कामीको कप्तानीमा रहेको स्टार्सले कलेजसंग एक वर्षे सम्झौता गरेको हो ।
कलेजका सिइओ खगेन्द्र ओझा र क्लबका मालिक कृष्ण बोहोराले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार कलेजले स्टार्स लाई २० लाख नगद उपलब्ध गराउनेछ । सम्झौता अनुसार कलेजले प्रतियोगिताका लागि ४० प्रतिशत व्यहोर्ने छ ।
यस्तै कार्यक्रममा प्रतियोगितामा खेल्ने टिमको जर्सी समेत सार्वजनिक गरेका थिए । प्रतियोगितामा धनगढीका खेलाडीले ग्लोबल कलेज अंकित जर्सी लगाउनेछन् ।
डीपीएल आगामी माघ २६ गतेबाट धनगढीमा आयोजना हुदैछ । देशकै सर्वाधिक पुरस्कार राशीको डीपीएलमा धनगढी स्टार्स, सीवाईसी अत्तरीया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन र बिराटनगर किंग्सले प्रतिस्पर्धा गर्ने छन् ।
टी-ट्वान्टी आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछ । लिग चरणमा प्रत्येक टिमले एक अर्को टोली प्रतिस्पर्धा गर्नेछ । शीर्ष चार टोली प्ले अफमा छनोट हुनेछ । पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
टिम धनगढी स्टार्स :
सोमपाल कामी (मार्की)
सौरभ खनाल
अमित श्रेष्ठ
हरी बहादुर चौहान
विपिन खत्री
दिपेश श्रेष्ठ
राजु रिजाल
रबिन क्षेत्री
पवन सर्राफ
सन्दीप रजाली
धिरज शाही
कृष्ण अयर