काठमाडौ। हिराकुमारी भुजेल र दीपा शाहीले साफ महिला च्याम्पियनसिप २०२४ गुमाउने भएका छन्। भुटानविरुद्धको समूहचरणको पहिलो खेलमा दुवैले घुँडाको चोट बोकेका हुन्।
नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङका अनुसार उनीहरू खेल्न सक्ने अवस्थामा छैनन्। ‘टिम डाक्टर र फिजियोले उनीहरूले बाँकी खेल्न सक्दैनन् भन्नु भएको छ। त्यसैले उनीहरूले साफ गुमाउने छन्।’
लेफ्ट ब्याक हिरा पहिलो हाफको इन्जुरी समयमा मैदानबाट बाहिरिएकी थिइन्। उनको स्थानमा विमला विक मैदान प्रवेश गरेकी थिइन्।
लगत्तै उनल मिडफिल्डर दीपा ४६औं मिनेटमा सरु लिम्बूको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। उनी खेलको अन्तिमतिर मैदानबाट बाहिरिएकी थिइन्। उनकाे स्थानमा अनिता केसी मैदान प्रवेश गरेकी हुन्।