काठमाडौं। नेपाल साफ महिला च्याम्पियनसिप अन्तर्गत समूहचरणको पहिलो खेलको पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको हो। नेपालले केही उत्कृष्ट अवसर बनाएपनि गोलमा परिणत भने गर्न सकेन।
१३औं मिनेटमा नेपालको पहिलो प्रहार भुटानकी गोलकिपर संगीता मोंगेरले असफल बनाइन् । रश्मिकुमारी घिसिङले करिब १२ यार्डबाट गरेको प्रहार संगीताले पन्च गर्दै बचाउ गरिन्। त्यसपछि पनि उनले र प्रीति राईले केही अवसर बनाएकी थिइन्। तर, सदुपयोग भने गर्न सकिनन्।