काठमाडौं। नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछान शुक्रबार अमेरिका प्रस्थान गर्ने भएका छन्।
अमेरिकी दूतावासले शुक्रबार भिसा दिएसँगै उनी आजै बेलुका अमेरिका प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान) प्रवक्ता छुम्बी लामाले जानकारी दिएका हुन्।
उनले २५ अक्टोबरदेखि अमेरिकामा हुने आइसिसी विश्वकप लिग २ अन्तर्गत घरेलु टोली, नेपाल र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक शृंखला खेल्ने छन्। नेपालले पहिलो खेल २७ अक्टोबरमा घरेलु टोलीसँग खेल्दै शृंखलाको सुरुआत गर्नेछन्।
२९ अक्टोबरमा नेपालले स्कटल्यान्ड र २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ। त्यसको दुई दिनपछि नेपालले स्कटल्यान्डसँग खेल्दै अमेरिका भ्रमण सक्काउनेछ।