काठमाडौं। मिडफिल्डर ड्यानी ओल्मो बार्सिलोनाको प्रशिक्षणमा फर्किएका छन्।
स्पेनिस ला लिगाअन्तर्गत सेप्टेम्बर १५ मा जिरोनाविरुद्ध खेल्दा उनी घाइते भएका थिए। उनको मांसपेशीमा चोट लागेको थियो। तर, अहिले उनी प्रशिक्षणमा फर्किएको बार्सिलोनाले जानकारी दिएको हो।
बार्सिलोनाले आइतबार सेभियाको सामना गर्नेछ।