एजेन्सी । अष्ट्रेलियाका पुर्व कप्तान माईकल क्लार्कले भारतीय कप्तान विराट कोहली एकदिवसीय म्याचका सर्वकालीन सर्वश्रेष्ठ खेलाडी भएको बताएका छन् । पुर्व विश्वकप विजेता टिमका कप्तान समेत रहेका क्लार्कले एक दिवसीय क्रिकेटमा भारतीय कप्तानलाई सर्वकालीन सर्वश्रेष्ठ क्रिकेटको रुपमा व्याख्या गरेका हुन् ।
‘उनी एकदिवसीय क्रिकेटका सर्वश्रेष्ठ खेलाडी हुन् । भारतका लागि उनले जे हासिल गरेका छन्, त्यसलाई हेर्दा मलाई कुनै सन्देह छैन ।’ उनले भने ।
क्लार्कले ३० बर्षिया क्रिकेटरको लगावको कुनै उत्तर नभएको बताएका छन् । ‘उनमा आक्रमकता छ । तर उनको प्रतिबद्वतामा कसैले प्रश्न गर्न सक्दैन ।’ उनले थपे ।
कोहली टेष्ट र वान डे क्रिकेटका नम्बर एक ब्याट्सम्यान हुन् । उनैको कप्तानीमा भारतले अष्ट्रेलियामा टेष्ट र वान डे सिरिज जितेको थियो । त्यस्तै टी ट्वान्टी सिरिज बराबरीमा सकिएको थियो । यस क्रममा विराटले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
कोहलीले २ सय १९ वान डेमा १० हजार ३ सय ८५ रन बनाएको थियो । जसमा ३९ शतक सामेल छ । उनको औसत रन ५९ भन्दा बढी छ । धानीले ३ सय ३५ वान डेमा १० हजार ३ सय ६६ रन बनाएका थिए । त्यसमा १० शतक र ७० अर्धशतक सामेल छ ।