काठमाडौं। भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहलीले टेस्ट, एकदिवसीय र टी–२० क्रिकेटमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई उछिनेका छन्।
उनले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट खेल्दै यो उपलब्धि हासिल गरेका हुन्। कोहलीले भारतका लागि ५३६ पटक खेलेका छन्, जुन धोनीले आफ्नो करियरमा ५३५ पटक खेलेका थिए।
कोहली भारतका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्। उनीभन्दा अगाडि सचिन तेन्दुलकर छन्। उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा भारतका लागि विभिन्न फर्म्याटमा ६६४ खेल खेलेका छन्।
भारतका पूर्वमुख्य प्रशिक्षक राहुल द्रविड ५०४ खेलका साथ तेस्रो, रोहित शर्मा ४८६ खेलका साथ चौथो र मोहम्मद अजहरुद्दीन ४३३ खेलका साथ शीर्ष पाँचमा छन्।
एम चिन्नास्वामी स्टेडियममा जारी पहिलो टेस्टको पहिलो सेसनमा कोहली ९ बल खेल्दै शून्य रनमा आउट भए। वर्तमान टेस्ट कोहलीको अन्तर्राष्ट्रिय करियरको ११६औं टेस्ट हो। तेन्दुलकरले सन् १९८९ देखि २०१३ सम्म २०० टेस्ट खेलेका छन्।