पथरी। नीरज परियारकाे ह्याट्रिकप्रेरित पुलचाेक एफसी कीर्तिपुर खुला नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार भएको प्रि– क्वार्टरफाइनलमा कानेपोखरीको शिवालय फुटबल क्लबलाई ३–० ले पराजित गरेको हो। मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा भएको खेलमा पुलचाेकका नीरज परियारले ह्याट्रिक गरे।
पहिलो हाफमा एक गोलमार्फत अग्रता बनाएको पुलचाेकले दोस्रो हाफमा थप दुई गोल गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको म्यान अफ द म्याच नीरज नै घोषित भए।
बिहीबार उज्ज्वल भविष्य फुटबल क्लब र वाइ एफसी भिड्नेछन्। न्युस्टार क्लबले आयोजना गरेको फुटबलको फाइनल कार्तिक ९ गते हुने छ।