काठमाडौं। भारत र न्युजिल्यान्डबीचको टेस्ट शृङ्खलाको पहिलो खेल अझै सुरु हुन सकेको छैन। बेंगलोरमा बुधबार बिहानदेखि नै लगातार वर्षा भइरहेको छ। पहिलो सेसन वर्षाका कारण प्रभावित भएको छ।
दिनभर वर्षाको सम्भावना रहेको छ। मौसमसम्बन्धी वेबसाइट एक्युवेदरका अनुसार आजदेखि पाँच दिनसम्म बेंगलोरमा वर्षा हुने अनुमान गरिएको छ। यीमध्ये चार दिन वर्षाको सम्भावना ४० प्रतिशत वा सोभन्दा बढी हुन्छ।
न्युजिल्यान्डले १२ वर्षपछि बेंगलोरमा टेस्ट खेल्न लागेको हो। तर, पूर्वकप्तान केन विलियम्सन चोटका कारण उक्त खेलमा सहभागी हुने छैनन्। पछिल्लो पटक सन् २०१२ मा भारत पाँच विकेटले विजयी भएको थियो।