काठमाडौं। जर्मन क्लब बायर लेभरकुजेनले आफ्ना स्टार स्ट्राइकर फ्लोरियन विर्ट्जको घुँडामा चोट लागेको जनाएको छ।
सोमबार नेसन्स लिगमा नेदरल्यान्ड्समाथि जर्मनीको १–० को जितका क्रममा विर्ट्जको दाहिने घुँडाको जोर्नीको क्याप्सुलमा चोट लागेको स्क्यानबाट पत्ता लागेको क्लबले जनाएको हो। २१ वर्षीय विर्ट्ज हाफटाइममा मैदानबाट बाहिरिएका थिए।
लेभरकुजेनले चोटलाई 'माइनर' भनेको छ। तर, उनी कहिले टोलीको प्रशिक्षणमा सामेल हुने छन् भन्ने अझै स्पष्ट नभएको बताएको छ। यसले उनलाई बुन्डेसलिगामा शनिबार इन्ट्राच्ट फ्रैंकफर्टविरुद्ध जर्मन च्याम्पियनको खेल गुमाउने छन्। यस्तै, अर्को हप्ता च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब ब्रेस्टको भ्रमण पनि गुमाउने शंका बढेको छ।