काठमाडौं। कप्तान लिओनल मेसीको ह्याट्रिकसँगै साबिक विजेता अर्जेन्टिनाले विश्वकप अमेरिकी छनोटमा बोलिभियामाथि समानदार जित हात पारेक छ।
१० राष्ट्रसम्मेलित छनोटमा अर्जेन्टिनाको यो सातौं जित हो। एस्टाडियो मोन्युमेन्टल एन्टोनियो वेस्पुसियो लिबर्टीमा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ६–० ले पाखा लगायो।
योसँगै अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेको छ। जुन दोस्रो स्थानमा रहेको कोलम्बियाको भन्दा तीन अंक बढी हो। सातौं स्थानमा रहेको बोलिभियाको भने समान खेलबाट १२ अंक छ।
मेसीले १९, ८४ र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्। लाउटारो मार्टिनेजले ४३औं मिनेट र जुलियन अल्भारेजले पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरे। दुवै गोलका लागि मेसीले अवसर सिर्जना गर्दिएका हुन्। ७०औं मिनेटमा नुएल मोलिनाको क्रसमा थियागफ अल्माडाले गोल गरेका थिए।