काठमाडौं । महिला विश्वकप क्रिकेटमा न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो ।
सतप्रतिशत जित सहित समूह एबाट समूह विजेताको रुपमा अष्ट्रेलिया सेमिफाइनल पुगिसकेको थियो । न्युजिल्याण्डले ४ मध्य ३ खेलमा जित सहित ६ अंक बटुलेर अन्तिम चारमा स्थान बनायो ।
न्युजिल्याण्डको जितसँगै पाकिस्तान र भारत प्रतियोगिताको समूह चरणबाट बाहिरीएका छन् ।
सुरुवाती ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेट गुमाएर १ सय १० रन बनायो । ओपनर सुजी बेट्सको सर्वाधिक २८ रनको सहयोगमा न्युजिल्याण्ड सो स्कोर खडा गरेको हो ।
जवाफी ब्याटिङमा आएको पाकिस्तान ५६ रनमा अलआउट भयो । अमेलिया केरको तीन विकेट लिएपछि पाकिस्तानको ब्याटिङ लाईन धरासायी बनेको हो ।
कप्तान फतिमा सानाले २१ र ओपनर मुनिबा अलीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।