पथरी । उर्लाबारीको चाँदनी युवा क्लब कीर्तिपुर खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।
सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा लेटाङको बसन्त युवा क्लब लाई १–० गोल अन्तरले पराजित गर्दै चाँदनीले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।
मोरङको पथरीशनिश्चरे ७ कीर्तिपुरमा भएको खेलमा चाँदनीका लागि बिशाल राईले गोल गरे । पहिलो हाफमा बिशालको गोल मार्फत चाँदनीले जित हासिल गरेको हो । सोही गोल टिमलार्य सेमिफाइनल पुर्याउन पर्याप्त रह्यो ।
खेलको म्यान अफ दि म्याच गोलकर्ता बिशाल राई घोषित भए ।
मंगलबारको खेल हनुमान युनाईटेड र टाडी फुटवल क्लबबीच हुनेछ । न्यु स्टार क्लवले आयोजना गरेको फुटवल प्रतियोगिताको फाइनल कार्तिक ९ गते हुनेछ ।