काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा आईतबार राति ईङ्ल्याण्डले फिनल्याण्डलाई हराएको छ ।
लिग बीको ग्रुप टूमा ईङ्ल्याण्डले फिनल्याण्डलाई ३–१ ले हराएको हो ।
पछिल्लो खेलमा ग्रिससँग अप्रत्यासीत हार ब्यहोरेको ईङ्ल्याण्डले फिनल्याण्डलाई भने हराएको छ ।
अन्तरिम प्रशिक्षक लि कार्सले ग्रिससँगको हार पश्चात ६ खेलाडीलाई परिवर्तन गरेका थिए । जसमा गोलकिपर जोर्डन पिकफोर्डको स्थानमा डिन हेन्डरसनलाई स्थान दिएका थिए ।
खेलमा अग्रता ईङ्ल्याण्डले ग्याक ग्रिलिसको गोेलमा लिएको थियो । दोस्रो हाफको ७४ औ मिनेटमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले ईङ्ल्याण्डको अग्रता दोब्बर बनाएका थिए । त्यसको १० मिनेट पछि डेक्लन राईसले ईङ्ल्याण्डलाई ३–० ले अघि बढाएका थिए ।
खेल सकिन तीन मिनेट अघि होस्कोनेनले घरेलु टोलीका लागि एक गोल फर्काए ।
समूहमा ग्रिकले १२ अंक जोडेर शीर्ष स्थानमा छ । उसले आईतबामात्र रिपब्लिक अफ आयरल्याण्डलाई समेत २–० ले हरायो । ईङल्याण्ड ९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ ।