काठमाडौं । ईन्डियन प्रिमियर लिग आईपीएलको नयाँ सिजन अघि मुम्बई ईन्डियन्सले प्रशिक्षक परिवर्तन गरेको छ । क्लबले मुख्य प्रशिक्षक मार्क बाउचरलाई बर्खास्त गरेको छ ।
बाउचरले सन् २०२३ मा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनको प्रशिक्षणमा रोहित शर्माको स्थानमा हार्दिक पाण्डेयालाई कप्तानीको जिम्मेवारी दिईएको थियो ।
उनी र हार्दिकको नेतृत्वमा मुम्बईले गत सिजन निकै खराब नतिजा आत्मसाथ गर्यो । पछिल्लो नतिजाका कारण मुम्बईले यो निर्णय गरेको हो ।
बाउचरको स्थानमा श्रीलंकाका पूर्व कप्तान महेला जयवर्धनेलाई मुख्य प्रशिक्षक बनाईएको छ ।
जयवर्धने रहेको समय मुम्बई ईन्डियन्सले तीन पटक आईपीएलको उपाधि जितेको थियो । जयवर्धनेले यसअघि मुम्बईका लागि ग्लोबल हेड अफ क्रिकेटको भूमिकामा थिए ।