काठमाडौं । ईङ्ल्याण्डविरुद्धको दोस्रो र तेस्रो टेस्ट अघि पाकिस्तान टिममा ठुलो परिवर्तन देखिएको छ ।
पाकिस्तानले ईङ्ल्याण्डविरुद्धको टेस्ट अघि बाबर आजम सहित तीन ठुला खेलाडीलाई टिम बाहिर राखेको छ ।
जसमा बाबर सहित साहिन साह अफ्रिदी र नासिम साह छन् । पाकिस्तानी क्रिकेटका तीन ठुला खेलाडीलाई बाहिर राख्दै पाकिस्तानले ईङ्ल्याण्डविरुद्ध उत्रने तयारी गरेको छ ।
पाकिस्तानी क्रिकेट बोर्डले वर्तमान खेलाडीको फर्म र फिटनेसलाई ध्यानमा राखेर सो निर्णय गरिएको बताएको छ ।
पाकिस्तानले नयाँ खेलाडी कामरान गुलाम, हसीबुल्लाह र स्पिनर मेहरान मुमताजसँगै अनुवभी स्पिनर साजिद खान र नोमान अलीलाई टिममा बोलाएको छ ।
ईङ्ल्याण्डविरुद्ध ईनिङ्स हारपछि पाकिस्तानले तीन ठुला प्रोफाइलका खेलाडीलाई टिम बाहिर राखेको छ । पाकिस्तानी कप्तान सान मसुदले पहिलो टेस्टमा बलिङ प्रर्दशनको आलोचना गरेका थिए ।
कप्तान मसुद र मुख्य प्रशिक्षक जासन जिलेस्पीले खेलाडीको निरन्तरताका लागि बचाउ गर्दै आएका थिए । तर भर्खरै बनेको छनोट कमिटिले शुक्रबार नयाँ बाटो जाने निर्णय गरेको हो ।
छनोट समितिका सदस्य आकिब जावेदले खेलाडीको फर्मका कारण टिम बाहिर राखिएको बताएका छन् ।
‘हामीलाई विश्वास छ कि अन्तराष्ट्रिय क्रिकेटबाट मिलेको ब्रेकबाट खेलाडीलाई आफ्नो फिटनेस, आत्मविश्वास र संयम हासिल गर्न मदत गर्नेछ । उनीहरु भविष्यको चुनौतीका लागि उच्च तहको आकारमा फर्किएर आउनेछन् ।’ उनले भनेका छन् ।