काठमाडौं । महिला साफ च्याम्पियनसिप खेल्न पाकिस्तानको राष्ट्रिय फुटलब टिम आईतबार नेपाल आईपुगेको छ ।
पाकिस्तान पूर्व निर्धारित तालिका अनुसार बिहान काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुगेको हो ।
एन्फा सहायक महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश साहले पाकिस्तानका खेलाडी तथा अफिसियललाई स्वागत गरेका थिए ।
नेपालले लगातार तेस्रो पटक महिला साफ च्याम्पियनसिपको आयोजना गर्दैछ । काठमाडौंको दशरथ रंगशालामा आगामी बिहीबारदेखि प्रतियोगिता सुरु हुदैछ ।
पाकिस्तानले उद्घाटन खेलमा भारतसँग खेल्ने तालिका रहेको छ ।
प्रतियोगितामा नेपाल सहित दक्षिण एसियाका ७ देश समावेश छन् ।