काठमाडौं । पाकिस्तानले ईङल्याण्डविरुद्धको मुल्तान टेस्टमा पहिलो ईनिङ्समा ५ सय भन्दा बढी रनको स्कोर गरेको छ । यसको बाबजुत पाकिस्तानले म्याचको पाँचौं दिन एक पारी र ४७ रनको हार ब्यहोरेको छ ।
दोस्रो इनिङ्समा पाकिस्तान ब्याट्सम्यानहरुले ईङ्लिस बलरसामु आत्मसमर्पण गरेका थिए ।
टेष्ट म्याचको चौथों दिन ईङल्याण्डले ८ सय २३ रनमा ७ विकेट गुमाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । जुन टेष्ट ईतिहासमा चौथों ठुलो स्कोर रहेको थियो । पाकिस्तानले पहिलो इनिङ्समा ५ सय ५६ रन बनाएको थियो ।
पाकिस्तानले लगातार छैटौं टेस्ट म्याच हारेको हो । पाकिस्तान टेस्ट इतिहासमा पहिलो टिम बनेको छ, जो ५ सय भन्दा बढी रन बनाएर टेष्ट म्याच हारेको छ ।
मुल्तान टेष्टको पहिलो इनिङ्समा पाकिस्तानको तर्फबाट अब्दुल्लाह सफिकले १ सय २ रन, कप्तान शान मसुदले १ सय ५१ रन र सलमान आगाले १ सय ४ रन बनाएका थिए ।