एजेन्सी । इन्ग्लिश क्लब टोटेनहमका मिडफिल्डर डेली अलीले काराबाओ कप फुटबल अन्तर्गत चेल्सीसंगको खेल गुमाउने भएका छन् ।
प्रिमियर लिग अन्तर्गत आइतबार फुलहमविरुद्धको खेलमा घाइते भएपछि अलीले चेल्सीसंगको खेल गुमाउने भएका हुन् । टोटेनहमले काराबाओ कप अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा बिहिबार प्रतिस्पर्धा गर्दैछ ।
इंग्ल्यान्डका २२ वर्षीय अलीलाई ह्यामस्ट्रिङ भएको टोटेनहमका प्रशिक्षक माउरिसियो पोचेटिनो बताए । फुलहमविरुद्ध एक गोल गरेका अली ह्यामस्ट्रिङ भएपछि ८६ औ मिनेटमा मैदानबाट बाहिरिएका थिए । प्रशिक्षक पोचेटिनोले चेल्सीसंगको खेलमा अली ठिक हुने सम्भावना कम रहेको समेत बताए ।
अलीको चोटसंगै टोटेनहमलाई खेलाडी इन्जुरीको समस्याले पिरोलेको छ । टोटेनहमका फरवार्ड ह्यारी केन पनि एङ्कल इन्जुरीको कारण मैदान बाहिर रहेका छन् । यस्तै ग्रोइन इन्जुरीको कारण मुसा सीसीको पनि दुई साता मैदान बाहिर रहेका छन् ।