काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानको अर्जेन्टिना बराबरीमा रोकिएको छ ।
बिहीबार अर्जेन्टिनाले भेनेजोएलासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । अक्टोबरको अन्तराष्ट्रिय ब्रेकमा दक्षिण अमेरिकी छनोटको खेल सञ्चालन भएको हो ।
ठुलो वर्षाका कारण प्रभावित बनेको खेलमा लियोनल मेस्सीले मैदानको आलोचना गरे । निकोलस ओटामेन्डीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएपनि सालोमन रोन्डनले भेनेजुएलाका लागि बराबरी गोल फर्काएका थिए ।
‘यो निकै कठिन थियो । यसले धेरैनै भद्धा खेल बन्छ ।’ खेलपछि मेस्सीले भने ।
‘हामीले लगातार दोहोरो पास पुरा गर्न सकेनौं । दोस्रो हाफमा हामीले केही सुधार गर्यौ । तर त्यसरी खेल्न मुस्किल थियो । यसरी निकै कम खेल्न सकिन्छ ।’ मेस्सीले थपे ।
वर्षाका कारण बल गुड्नै मुस्किल देखिएका थियो । हिलाम्य मैदानमा दुवै टिमले आफ्नो खेल पस्किन सकेनन् ।
बराबरी सहित अर्जेन्टिना ९ खेलबाट १९ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।